
तिलोत्तमा सिटी न्युज, कार्तिक ३० गते २०७९। काठमाडौ क्षेत्र न. ५ का प्रतिनिधि सभा स्वतन्त्र उमेद्वावार रमेश के.सीले सम्वादातासँग आसन्न निर्वाचन लछित छोटो सम्बाद गर्दै जनताको आशा,भरोसा र अवस्था परिवर्तन गर्नको लागि उम्मेदवारी दिएको धारण यसरी राखेका छन् ! युवा पारिवर्तनका सम्भाक हुन्,युवाहरूलेनै देश परिवर्तनका लागी अथक प्रयास - योजनाका साथै दृर्धकालिन परिकल्पनालाई वास्तविक्तामा परिणत गर्न सक्छन् भन्ने एक ज्वलन्नत उदाहरणकारुपमा लिन सकिन्छ प्रतिनिधि सभा काठमाडौ क्षेत्र न. ५ का स्वतन्त्र उमेद्वावार रमेश के.सीलाई ! विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मानबाट सम्मानित हुनुका साथै उहॅाले गर्नु भएको योगदानको उच्च मुल्यकानको सम्मान गर्दै कदर-पत्र ,सम्मान-पत्र तथा विभिन्न विभुषणहरुबाट सम्मानित हुनु राष्ट र युवा वर्गकोलागि नै गौरवका बिषय हो भन्न सकिन्छ।
बिगत तिन दशक देखिनै सामाजिक सेवामा अभिप्रेरित भै गाऊॅ,समाज,क्षेत्र र राष्टकोलागि केहि गर्नु पर्छ भनि दिन रात नभनी देशलाई दुख पर्दा सामाजिक सेवामा अहोरात्र कार्य गर्ने सामाजिक अभियान्ताकोरुपमा चिरपरिचित नाम हो काठमाडौ क्षेत्र न. ५ का स्वतन्त्र उमेद्वावार रमेश के.सी। उनी भन्छन् जब सम्म राष्टका आम नगरिकहरू रूढिबढि प्रविधिलाई त्याग्न सक्दैन्न,पुरानो परिपाटीलाई आत्मसाथ गर्न खोज्दछन् त्यो नै कुन्ठित मानसिक्ताको उपज हो। यसको करणनै देश विकासको बाधा अवरोध हो भन्ने उनको ठम्मेई रहेको छ।
समाज सेवाको बिभिन्न कालखण्ड पार गर्दै हाल सम्म भिन्नाभिन्नै सेवामा चाहे त्यो सामाजिक कार्य या बिनासकारी महा-भुकम्प नै किननहोस वा बिश्व भरि फैलिएको महामारी रोग covid-19 (कोरोना भाईरस) हुदै हाल सालै देखिएको महामारी डेंगु रोग निर्मुलन कार्य सम्म राष्ट्रका युबा समुहहरुलाई अभियानकोरुपमा आवद्द गर्दै निरमुलन कार्यमा राज्यलाई ठुलो योग्दान निर्वाह गर्दै आसन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेदवार भई काठमाडौ जिल्ला क्षेत्र न.५ उनले उम्मेदवारी दिएको छन !
देश विकासका कमजोर पक्षलाई निर्मुलन गर्नु पर्छ र त्येसका लागी आम नेपाली जन-समुदायलाई आफ्नो प्रतिबद्दताहरुको लागी आफ्ना मुल आधार नयॅा समय अनुकुलको सोच यसरी प्रस्तुत गररेका छन्। उनी भन्छन्-नेपालको शिक्षा नीति परिर्वतन गर्ने, शिक्षामा बजेट बृद्रि गरि मुलत संबिधान अनुसार शिक्षालाई प्राथमिक तह देखिनै पुर्ण निःशुल्क,पूर्वाधार र गुणस्तरमा सुधार गर्ने ,त्यसका लागि प्रतिनिधि सभामा लबिंग गर्ने ,दृष्टि बिहिन, फरक क्षमता भएका, अपागंता तथा बिभिन्न समस्याहरूबाट गुज्रियका हरेक बालबालिकाहरुकालागि गुणस्तरीय शिक्षाको जिम्मेवारी , आपांग मैत्री वससेवा ब्यवस्था गर्न सरकारलाई नीति लागु गराउनकोलागि बुलंन्द आवाज उठाउने ,त्यस पक्ष्यात प्रत्येक नेपाली नागरिकहरुलाई स्वदेशमानै रोजगारीको समान अवसर प्रदान गर्न नीति तथा कार्यक्रम लागु गर्ने,नेतृत्वदायी भुमिकाको साथै घरेलु तथा साना-ठुला उधमीहरुलाई व्यवसाय गर्न सहज हुने गरि नीति नियम बनाई लागुगर्नुका साथै सबै धार्मिक तथा पुरातात्विक, सांस्कृतिक, एैतिहासिक मठ-मन्दिर,चैत्य बिहारहरु, गुठी, पर्व, जात्रा लगाएत स्थानिय सामाजिक परम्पराहरू जगेर्णा,उथानको साथ साथै धार्मिक पर्यटनको गन्तव्य स्थलको निम्ति तिनै-तहका सरकारको समन्वयमा काम गर्न सक्ने क्षमतावान कर्मठ युवाहरूलाई उत्तप्रेरेणा गरी कृषिलाई आधुनिकीकरण, वैज्ञानिकिकरण गरि बिषादीको प्रयोगलाई निरुत्षाहित गर्ने र कृषकलाई मेहनत अनुसारको बजारका ब्यवस्थापनको निम्ति राज्यले जिम्मा लिने नियम,कानुन नीति लागु गर्न दबाव दिने योजना रहेको उनि सुनाउछ्न !
जल वायु परिर्वतनका कारक प्राकृतिक प्रकोप हो- त्यसकालागि बिपद ब्यव्स्थापनको स्पष्ट नीति, आगलागी, भुकम्प , बाढि, पहिरो जस्ता अकालपनिय घटनालाई जोखिम कम गर्न अनुभबी, बिज्ञ समुह निर्माणमा स्पष्ट नियम, कानुन नीति बनाउन र बैदेशिक रोजगारीमा लामो समय बितायका नेपाली नागरिकहरुलाई राज्यले सेवा ,सुबिधा पेन्सन, भत्ताको ब्यवस्था तथा वैदेशिक कार्यको शिलशिलामा सिकेका सिप,कला भएका नेपालीहरुलाई नेपालमै उघम गर्न सजिलो हुने नीति तथा कार्यक्रम बनाउनकोलागि योग्य ,क्षमतावान युवाहरूको पहिचान गरी महिला,बालबालिकामाथि हुने सबै खालका आपराधिक हिंसा , एसिड आक्रमण, आगजन्य घटना र बिभिन्न सोचि सम्झी घटाईएका घटनामा परि ज्यान गुमाएका ,अंग भंग भएका नेपाली नागरिकहरुका लागि छुट्टै कानुन निर्माण तथा पुनस्थापनाकोलागि प्रतिनिधि सभामा आफ्नो दवाब पुर्ण कार्य गर्ने-गराउने वाचाका साथै आफ्ने उमेद्वारी दिएको हाम्रा सम्वदाता संग आफ्ना अपिल प्रस्तुत गरेका थिए।
कमेन्ट गर्नुहोस्