लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेमरा स्वास्थ्य चौकीमा एक्सरे तथा भिडियो एक्सरे सेवा सुचारू

IMG

तिलोत्तमा,२०७९ असोज ३१ गते। रुपन्देही तिलोत्तमा-१० को ग्रामिण भेगमा रहेको सबैभन्दा पुरानो बजारमा रहेको सेमरा बजार स्वास्थ्य चौकीको स्तरोन्नती गरिने भएको छ । सो चौकीको स्तरोन्नती गरेर पन्ध्र बेडको अस्पतालका रुपमा चलाइने तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिनुभयो । ‘यो इतिहास बोकेको ग्रामिण क्षेत्र पनि हो, यहीबाटो हुदै मानिसहरु सुनौलीदेखि पाल्पा खाद्यान्न बोकेर पैदल हिँड्दथे,यहि बासा बस्दथे,अब यसलाइ विकासका दृष्टिले पछाडी पारिनु उचित हँुदैन,हाम्रो स्थानीय सरकारले सेमरा बजार स्वास्थ्य चौकीलाइ स्तरोन्नती गरेर १५ बेड बनाउंछ,यस क्षेत्रलाइ स्वास्थ्यमा अगाडि बढाउँछ’ खाँणले भन्नुभयो ।


तिलोत्तमा नगरपालिका वडा नम्बर  १० मा  रहेको स्वास्थ्य चौकीमा सोमबार भिडियो एक्सरे तथा एक्सरे सेवा शुभारम्भ गर्दै उहाँले मानिसको स्वास्थ्य उपचारमा पहुँच बढाउनुपर्ने बताउनुभयो । चौकीमा रहेका उपकरण र रोटरी  क्लव अफ रुपन्देहीले केही समयपहिला उपलब्ध गराएको उपकरणको प्रयोग गरी तिलोत्तमा नगरपालिकाले आवश्यक व्यवस्थापन गरी भिडियो एक्सरे(युजिसी) र एक्सरे सेवा सुरुवात गरेको छ ।नगर प्रमुख खाँणले  सेमराक्षेत्रका स्थानीय, गर्भवती महिला लगायत भिडियो एक्सरे, एक्सरे गर्ने प्रकृतिका विरामीका लागि नियमित रुपमा सेवाले राम्रो प्रभाव  पार्ने बताउनुभयो । उहाँले गाउँमा नै स्थापना गरिएको सेवाबाट अव मणिग्राम वा बुटवल जानुपर्ने बाध्यता अन्त्य हुने समेत बताउनुभयो ।


उप प्रमुख जगेश्वर देवी चौधरीले गर्भवती महिलाले यसबाट लाभ दिन सक्ने बताउनुभयो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाबाट नियमित  सेवाको लागि र उचित जनशक्ति व्यवस्थापन गर्ने बताउनुभयो । हाल महिनामा २ दिन मात्रै सेवा प्रभाव भएकोमा यसलाई दैनिक सञ्चालनको  लागि नगरले पहल गर्ने उहाको भनाई रहेको थियो ।सो अवसरमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले बिस्तारै फड्को मारेको बताउदै हरेक वादमा आवश्यकता अनुसार सेवा र सहजता बिस्तार गरिने बताउनुभयो।  सेमरा स्वास्थ्य चौकी प्रमुख कमल पाण्डेले गाउँमा नै एक्सरेको सेवा प्रदान गर्न पाउँदा खुसी लागेको भन्दै अझ बढिसेवा विस्तार गर्ने योजना रहेको बताउनुभयो ।


अब महिनाको २ पटक यो सेवा दिइने बताउनुभयो । रेडियोलोजिस्ट डा सुमिना आचार्य ,रोटरी क्लव अफ रुपन्देहीका आईपीपी रामप्रसाद खरेल, तिलोत्तमा वडा नम्बर १० का अध्यक्ष गोपाल घिमिरे, ल्याब ब्यबस्थापन समितिका अध्य्यक्ष कृष्ण पौडेल, लगायतले सेवाप्रदान भएपछि स्थानीयलाइ राहत हुने धारणा राख्नुभएको छ ।


कमेन्ट गर्नुहोस्