लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पालिका चुनावको खर्च विवरण कात्तिक ५ गतेभित्र नबुझाए समानुपातिक सूचीबाट नाम हट्ने

tillotmacitynews - 2022 Oct 16 08:17 PM
IMG

तिलोत्तमा,२०७९ असोज ३० गते। निर्वाचन आयोगले पालिका चुनावको खर्च विवरण कात्तिक ५ गतेभित्र नबुझाए समानुपातिक बन्दसूचीबाट नाम हटाउने निर्णय गरेको छ।आयोगको आज आइतवार बसेको बैठकले पालिका चुनावको खर्च विवरण नबुझाएका समानुपातिक उमेदवारले कात्तिक ५ गतेभित्रमा विवरण नबुझाएमा सूचीबाट नाम हटाउने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।


यस्तै आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको उमेदवारीका लागि उम्मेदवार बन्न रोक्ने किसिमको बहालवाला पदबाट असोज २३ गतेअघि नै दिएको राजीनामा स्वीकृत गर्न निर्देशन दिएको छ ।आज बसेको आयोगको बैठकले प्रत्यक्षतर्फको उमेदवारी मनोनयको दिन असोज २३ गतेअघि दिएको राजीनामा त्यही दिनबाटै लागू गर्न निर्देशन दिएको हो ।


कमेन्ट गर्नुहोस्