
तिलोत्तमा सिटी न्युज, असोज ३० गते । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका- १३ दमार गाउँकाे जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए । वडा अध्यक्ष मोहन पौडेलका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए । उनीहरुको शव आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको हो । घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्