
तिलोत्तमा सिटी न्युज, असोज २१ गते । आज सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । हाल सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। आज दिँउसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखी धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कमेन्ट गर्नुहोस्