
तिलोत्तमा सिटी , २०७९असोज १५। झरना स्पोर्ट्स क्लब, रुपन्देहीको कुञ्जलापुरमा जारी ३४ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधी छिमेकी क्लब जनज्योति युवा क्लबले चुमेको छ। कुञ्जलापुर स्थित उमा आधारभुत बिद्यालयको खेलमैदानमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा जनज्योतिले छिमेकी टिम भू पु सैनिक जोवाई स्पोर्टिंग क्लब (सालघारी)लाई १ गोल ले पछि पार्दै उपाधी सुरक्षित गरेको हो । कोरोना महामारीले रोकिएको यस क्षेत्रकै सबैभन्दा ठुलो धन राशीको फुटबल प्रतियोगिता झरना कपमा १६ टिमको प्रतिश्प्रधामा आफुलाई अब्बल गराउदै फाइनलमा पुगेर जनाज्योतिले पगरी चुमेको हो।
दुई बिदेशी खेलाडी सहित मैदान ओर्लिएको भू पु सैनिक जोवाई स्पोर्टिंग क्लब (सालघारी)लाई १ गोल मात्र गर्न सफल जनाज्योतिलाई लगत्तै भूपू सैनिकले गोल फर्काएर निर्धारित समयसम्म बराबरीमा टुङ्गियो। खेल बराबरी भएपछी शुरु भएको ट्राइब्रेकरमा ५/५ जनाले प्रहार गरेको गोल दुवै ४/५ गोल भयो। भू पु सैनिक जोवाई स्पोर्टिंग क्लब (सालघारी)को एक बल पोस्ट भन्दा बाहिर गएपछि जनज्योतिको जित पक्का भयो।
भू पु सैनिक जोवाई स्पोर्टिंग क्लब (सालघारी)ले सेमिफाइनलमा फुलबारी गाइज बुटवललाई पछि पारेको थियो भने जनज्योति क्लबले आयोजक झरना स्पोर्ट्स क्लबसंग सेमीफाइनल खेलेको थियो। बिशेष औपचारिक कार्यक्रमका बीच दिउसो २:३० बजे शुरु भएको प्रतियोगिताको समापन फाइनल खेलमा प्रमुख अतिथि फुटबल महासंघ लुम्बिनीका दिर्घ बहादुर केसी(कुमार), तिलोत्तमा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, जिल्ला फुटबल संघ रुपन्देहीका लोक पुन, तिलोत्तमा कार्यपालिका सदस्य नर बहादुर छन्तेल, क्लबका संरक्षक धनेन्द्र पौडेल, छत्र बहादुर दर्लामी लगायतको उपस्थितिमा बिजेता तथा उपविजेता टिमलाई नगद ट्रफी तथा मेडल र प्रमाणपत्र साथमा गिफ्ट ह्याम्पर हरु हस्तान्तरण गरिएको थियो।
निकै रोमाञ्चक बनेको खेल हेर्न दर्शकहरु तिलोत्तमा-६ स्थित कुञ्जलापुर स्थित उमा आधारभूत बिद्यालय प्रांगणमा टनाटन थिए। प्रतियोगितामा रुपन्देही सहित छिमेकी जिल्ला गरी १६ वटा टीमको सहभागिता रहेको थियो भने विजेताले ३ लाख ११ हजार रुपैयाँ र शिल्ड, मेडल, ट्रफी तथा उपविजेताले १ लाख ७५ हजार रुपैयाँ र शिल्ड, मेडल, ट्रफी प्राप्त गरेका छन् ।
त्यसै गरी सेमीफाइनलमा पराजित हुने २ टीमले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन। प्रतियोगिताको सर्वोत्कृष्ट डिफेन्स जनज्योति क्लबका सुमन अर्याल, बेस्ट प्ल्येर जनाज्योतिकै एलन थापा, हाई सकरार बाण्गनगा क्लब कपिलबस्तुका अरुण थारू, बेस्ट गोल किप्पर भूपू सैनिक जबैइ का जनक श्रेष्ठलाई नगद सहित मेडल ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। त्यस्तै खेलमा प्रत्येक दिनको म्यान अफ द म्याचले २ हजार रुपैयाँ पुरस्कार दिइएको गरेको क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाले बताए ।उहाँले आगामी तियोगिताको लागि समेत पूर्ण तयारीका साथ् अझै रोचक प्रतियोगिता गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ।
कमेन्ट गर्नुहोस्