
तिलोत्तमा सिटी , २०७९असोज १०। विश्वस्तरीय नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ अहिले विश्वका जुनसुकै हलमा पनि हाउसफुल रहेको छ। नेपाली भर्सनमा रिलिज भए लगत्तै दर्शकको रोजाईमा परेको प्रतिक्षित चलचित्रले तीन दिनमा ११ करोडभन्दा धेरै ग्रस कलेक्सन गरेको छ । नेपाल र भारतसहितका देशबाट तीन दिनमा ११ करोड १८ लाख ग्रस कलेक्सन गरेको निर्माता तथा निर्देशक सन्तोष सेनले दाबी गरेका छन् । नेपालमा मात्रै पहिलो दिन शुक्रबार दुई करोड ५ लाख, शनिबार एक करोड ६७ लाख र आइतबार ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको सन्तोषको भनाइ छ ।
नेपाली फिल्मका दर्शक तथा विश्लेषकहरुको फेसबुक स्टाटस तथा स्व मुल्यांकनमा फिल्म सर्वोत्कृस्ट बनेको ठहर छ। माउथ पब्लिसिटीले पनि फिल्मले उचाई पाएको चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले बताएका छन्। हालसम्मकै उत्कृस्ट दर्शकले प्रेम गीत ३ लाई मन पराएका छन्। हलमा एउटा सिट पनि खाली छैन र दर्शक पनि कोहिपनि निराश छैनन्। उनले भने , एउटै दर्शकले ३/४ पटक सम्म पनि फिल्म हेरेका छन। बुटवल लगायत रुपन्देहीका ८ वटा हलमा हरेक शो फुल हाउस रहेको चलचित्र पत्रकार सुमन श्रेष्ठले बताए।फिल्मको यस्तै रफ्तारले १ होतामा करिव ४० देखि ५० करोड क्लबमा पुग्न सक्ने अनुमान गरिएको छ।
गत शुक्रबारबाट चलचित्र नेपाल, भारतसहित विश्वका विभिन्न देशमा प्रदर्शन भइरहेको छ । ‘प्रेम गीत–३’ हिन्दीमा डबिङ गरेर भारतमा रिलिज हुने नेपालको पहिलो चलचित्र हो ।स्व: छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘प्रेम गीत–३’मा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् ।
कमेन्ट गर्नुहोस्