लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ढुक्कले चाडपर्व मनाउनुहोस : जिल्ला प्रहरी रुपन्देही

IMG

तिलोत्तमा सिटी , २०७९असोज ९। चाडपर्व लक्षित अपराध रोक्न रुपन्देही प्रहरीले बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशै, दिपावली र छठ पर्व लाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व अबधीभर १ हजार २ सय ४८ जना प्रहरी परिचालन गर्दैछ ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आईतबार भैरहवामा पत्रकार भेटघाट गरि सुरक्षा रणनिति सार्वजनिक गरेको छ। रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार चाडपर्वमा हुन सक्ने बिसंगति, विकृति विरुद्ध प्रहरी परिचालन गरेको उल्ल्ेख छ । यस्तै प्रहरीले सीमा एरियामा कडा चेकजाँचको व्यवस्था गरी अवैध गतिविधि रोक्ने दावी गरेको छ । प्रत्येक प्रहरी ईकाईमा प्रहरी टोली त्वरित कार्यवाही टिम (क्युआरटि) को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाएको उनले बताए । चाडपर्वको समयमा बढी पटका, आतीसबाजीको प्रयोग हुने भएकोले सो को नियन्त्रणमा पनि प्रहरी कडाईका साथ प्रस्तुत हुने रेग्मीको भनाई छ ।


चाडपर्वमा जुवा लाई नियन्त्रण गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गर्ने योजना ल्याएको छ । जुवा, चन्दा लगायतका गतिविधिहरुको गोप्य रुपमा सूचना संकलन गरि कार्यवाहीको दायरामा ल्याउने प्रहरीले जानकारी दिएको छ । यस्तै राजमार्ग लक्षित गरि रातीको समयमा गश्ती बढाउने योजना रहेको डिएसपी श्यामु अर्यालले जनाए । बन्द रहने सरकारी कार्यालय, तथा संघ–सस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरु संग समन्वय सहितको सुरक्षा व्यबस्था मिलाईने उनले जनाए ।


प्रहरीका बिभिन्न युनिटहरुले विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्ये नजर राखी पैदल, साईकल, मोटर साईकल र गाडी गस्ती परिचालन गरिने भएको छ । बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बिभिन्न मठ मन्दिर, पुजा अर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरु ल्याउने र बिर्सजन गर्ने समयमा सुरक्षा ब्यवस्था मिलाइने उनले जनाए । यस्तै तिहारमा राती १० बजे सम्म मात्र देउसी भैलो खेल्ने समय निर्धारण गरिएको अर्यालले जानकारी दिए ।


यस्तै चार्डपर्वको समयमा बढि भिडभाड हुने बजार, हाटबजारहरुमा पैदल गस्ति, मोवाईल गस्ति गरी बिभिन्न प्रकारका अपराधीक कृयाकलापहरु विरुद्ध प्रहरी परिचालन गरिने अर्यालले जनाए । यस अतिरिक्त चाडपर्व लक्षित अपराध बढन् सक्ने भएकोले नागरिकलाई पनि चनाखो हुन प्रहरीले अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्