लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाबरी चलचित्र टोलीले दियो पुर्बमा जस्तै पश्चिम बुटवलमा धोका !

IMG

तिलोत्तमा सिटी , २०७९ असोज ८। बाबरी चलचित्रको मुख्य भुमिकामा रहेका अदिती बुढाथोकी धिरज मगर र धिरज नाडकर टुरमा सहभागी भै आफ्नो चलचित्रको पुर्व नेपालबाट प्रोमोसनमा लागेका थिए । पुर्वमा प्रेसमिटमा घण्टौ पत्रकारलाई कुराएर दु:ख दिएको बाबरी चलचित्रको टोलिले दार्ही ग्याङ रुपन्देहीको सहकार्य बुटवलस्थित ओदान रेस्टुरेन्टमा शनिबार दशै फेस्ट कार्यक्रम हुने निस्चित गरेका थिए ।अन्तिम समयमा आएर प्रोग्रामकै दिन आउन नसक्ने निर्माता सुरेन्द्र पौडेलद्वारा गरेपछि अहिले ओदान संगै दारी ग्याङ्ग पनि जिल्ल परेको छ। गैर जिम्मेवार पुर्ण जवाफ आएको भन्दै उनीहरुले चलचित्र बाबरीको टोली प्रति आक्रोश ब्यक्त गरेका छन्।


कार्यक्रम तय भैसकेको र त्यहि अनुसार लगानी गरिसकिएकोमा चलचित्रका मुख्य कलाकार मध्य कोहि एकलाई पठाइदिन अनुरोध गर्दा पनि आउन नसक्ने जानकारी दिएको प्रति उनीहरुको गम्भीर आपत्ति छ। चलचित्रकै प्रमोशन होस् भनेर गरिएको सो कार्यक्रमको आयोजनामा थुप्रै दर्शक आएर निराश भै फर्किएका छन् । बुटवलस्थित ओदान लाउन्जमा हुने भनिएको चलचित्र प्रोमोसन प्रचार प्रसारको क्षतिपुर्ति कसले बेहोर्ने आयोजकले बाबरी टिम प्रति जवाफ समेत मागेको छ।

कमेन्ट गर्नुहोस्