लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिलौटाको लोहोरोले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

tillotmacitynews - 2022 Sep 24 10:24 PM
IMG

तिलोत्तमा सिटी , २०७९ असोज ८।  अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।शीतगङ्गा नगरपालिका वडा नम्बर ३ खस्रकाका ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर ५० वर्षीया श्रीमती मनकला भुसालको हत्या गरेका हुन् ।  मनकलाको घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 


घरमा दुई जनाबीच झगडा हुँदा श्रीमानले मसाला पिस्न प्रयोग हुने लोहोराेले श्रीमतीलाई हानेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयाे ।मृतकको शव पोष्टमार्टम गर्नका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको उहाँले बताउनुभएको छ ।


मृतकका श्रीमान् पिताम्बरलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको र त्यस विषयमा थप अनुसन्धानसमेत भइरहेको रिजालले जानकारी दिनुभयाे । 

कमेन्ट गर्नुहोस्