लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामूहिक साकोसको २८औँ वार्षिक साधारण सभा सम्पन्न

IMG

तिलोत्तमा सिटी , २०७९ असोज ८।  सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा रुपन्देहीको २८औँ वार्षिक साधारण सभा तथा एकीकरण पछिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । संस्था अध्यक्ष सुरेन्द्र बर्माको सभापतित्वमा लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा संसद लिला गिरिको प्रमुख आतिथ्यतामा सामूहिक साकोसको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभामा तिलोत्तमा नगरपालिकाका प्रथम मेयर बासुदेव घिमिरे , आनन्दबन शंकरनगर खानेपानीका अध्यक्ष केशव राज न्यौपाने, शंकरनगर खानेपानीका अध्यक्ष झबिन्द्र भण्डारी, सहकारी संचालक लोकनाथ पाण्डे, बिकास बहूदेश्यिय सहकारीका अध्यक्ष कलाधर पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा संसद लिला गिरिले सहकारी संस्थाले आर्थिक कारोवार मात्र नभई स्थानिय युवा तथा ब्यबसायी र उद्धमी तथा महिलाहरुका लागि सीपमूलक कार्यक्रम गरी व्यवसायिक बनाउने तर्फ पनि सहकारीको महत्वपूर्ण भूमिका निर्वाह गरेको हुने उल्लेख गर्नुभयो।


त्यसैगरी तिलोत्तमा नगरपालिकाका प्रथम मेयर बासुदेव घिमिरेले अहिले जति पनि संस्थाहरु बचत फिर्ता दिन नसकेर समस्यामा आएका संस्थाहरु छन् ती धेरैजसो समुदायमा आधारित नभएका तथा सुुशासनमा नचलेका संस्था भएको बताउनुभयो । समुदायमा आधारित संस्थामा त्यस्तो समस्या नरहने र आफूले बचत गरेको संस्थाको जानकारी पाउनका लागि सदस्य पनि सक्रिय भई संस्थाको कार्यक्रमहरुमा सहभागि हुनैपर्ने बताउनुभयो । उहाँले सहकारीले नगर बिकास र समृद्धिको लागि लगानी गर्ने दिन आएको समेत बताउनुभयो। 


कार्यक्रममा आ.व. २०७८।०७९ का उत्कृष्ट बचत कर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारी र संस्थामा रहेर उच्च सम्मान पाउने सदस्यलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका अतिथीहरुलाई मायाको चिनो वितरण गर्दै धन्यबाद ज्ञापन सहित अध्यक्ष सुरेन्द्र बर्माले संस्थाको आफ्नै भवन निर्माण सम्पन्न भइसकेको र संस्थाको २८औं वार्षिक साधारण सभासम्म आइपुग्दा  सबै तरहले संस्थाको भवनबाट सबै बित्तिय कारोबार कारोबार गर्नका लागि तयारी भइसकेको जानकारी दिए । संस्था सबै तबरले सवल बन्दै गएकोले हाल रहेका १० हजार सदस्य थप गरि २५ हजार पुर्याउने लक्ष्य रहेको र यस संस्थामा सदस्यले ढुक्क भई बचत गर्न सकिने कुरामा सदस्य विश्वस्त हुन उहाँले अनुरोध समेत गर्नुभयो।


२८औँ वार्षिक साधारण सभाको औपचारिक कार्यक्रम संस्थाका सचिव मिन प्रसाद पोख्रेलले संचालन गरेका थिए । 


कमेन्ट गर्नुहोस्