लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नवौं राष्ट्रिय खेलकुद: पहिलो स्वर्ण पुलिसलाई, क्रिकेटमा आर्मी पराजित

tillotmacitynews - 2022 Sep 16 09:28 PM
IMG

तिलोत्तमा सिटी , २०७९ भदौ ३१। नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण खाता खोलेको हो ।पराजित आर्मीले रजत पदकमा चित्त बुझाएएको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको क्रिकेट एक महिनाअघि नै काठमाडौं मा भएको हो ।८ ओभरमा घटाईएको खेलमा पुलिससले आर्मीले दिएको १०४ रनको लक्ष्य कुशल भुर्तेल र सुनिल धमलाले विष्फोटक ब्याटिङ गरेपछि ६.५ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो।


प्रतियोगितामा दोश्रो अर्धशतक प्रहार गर्ने क्रममा भुर्तेलले १७ बलमै ३ चौका र ६ छक्का प्रहार गरेर अर्धशतक बनाएका थिए ।पहिलो विकेटका लागि भुर्तेल र धमलाले ३३ बलमा ९२ रनको साझेदारी गरे । भुर्तेलले १९ बल खेल्दै ३ चौका र ६ छक्का मद्दतमा ५१ रन बनाए ।धमलाले १७ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा अविजित ४२ रन बनाए । आरिफ शेखले खेलेको पहिलो बलमै छक्का प्रहार गर्दै जित पक्का गरे ।आर्मीका जितेन्द्र मुखिया र सुशन भारीले समान १ विकेट लिए ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले १४ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ४०रन बनाए । रोहित पौडेलले १० बलमा ४ छक्का मद्दतमा २८ रन बनाए ।कुशल मल्लले १३ र भीम सार्कीले ११ रन जोडे । पुलिसका गुलशन झा र ललित राजवंशीले २-२ तथा रासिद खान र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

कमेन्ट गर्नुहोस्