लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीमा चितुवाको आक्रमबाट एक जना घाइते

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २६  गते २०७९। गुल्मीमा चितुवाको आक्रमणमा परि एक जना घाइते भएका छन् ।रेसुङ्गा नगरपालिका वडानम्बर-६ निन्नुचौरका ३० वर्षीय यमबहादुर कुँवर घाइते भएका हुन् ।आइतबार बिहान चितुवा कुँवरको खोरमा पसेको थियो । धपाउने खोज्दा चितुवाले कुँवरमाथि आक्रमण गरेको हो ।


केही समय कुँवर र चितुवाको घम्साघम्सी भएको थियो। त्यसै क्रममा चितुवाको भने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।चितुवाले खोरमा रहेका ६०/७० वटा ठूला कुखुरा र ५०/६० वटा साना कुखुरा मारेको प्रहरीले जनाएको छ ।चितुवाको आक्रमणबाट घाइते भएका कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरभर चितुवाले चिथोरेको छ । उनी खतरामुक्त छन् ।


कमेन्ट गर्नुहोस्