
तिलोत्तमा,२०८१ बैशाख २२ गते। नवजिवन क्लब तिलोत्तमा -६ द्वारा विपन्न तथा जेहेन्दार विधार्थिहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको छ। बुधवार क्लवको सचिवालयमा भएको कार्यक्रममा तिलोत्तमा -६ का वडा अध्यक्ष गणेश पाठकले क्लवले भौतिक मात्र नभइ अव मानविय विकासमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
पछिल्लो समय समाजमा भौतिकतालाइ जोड दिदा मानविय भावना हराउदै गएकोले यतातर्फ ध्यान पुर्याउन आग्रह गर्नुभयो । उहाले विपन्न बालबालीकालाइ पठाइमा प्रोत्साहन गर्न क्ल्वले गरेको कार्य सर्हानिय रहेको बताउनु भयो । क्लवमा आवद्द बिभिन्न व्यक्तिको सहयोगमा प्रत्येक बर्षजस्तै यस वर्षपनि क्लबले स्थानिय विद्यालयमा अध्ययनरत ५१ जनालाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेको क्लवका अध्यक्ष केशव भुसालले बताउनु भयो ।
केशव भुसालको अध्यक्षता तथा वडा ६ का अध्यक्ष पाठकको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य नर बहादुर छन्त्याल , क्लवका पुर्व अध्यक्ष दिपक पाठक लगाएतले बोल्नुभएको थियो । कार्यक्रम संयोजक प्रकाश न्यौपानेको स्वागत तथा सचिव गोविन्द पाण्डेको सन्चालनमा सम्पन्न कार्यक्रममा पुर्व जनप्रतिनिधि ,स्थानिय टोलविकास सस्था आमा समुह ,मन्दिर व्यबस्थापन समितिका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्