लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कमेडियन अपूर्व क्षितिजलाई तारेखमा छाडियाे

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २५ गते २०७९। कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडिएको छ । आज बिहीवार उनलाई हिरासतबाट छाडेको काठमाण्डाैका सरकारी वकिल कार्यालयले जानकारी दिएको छ।प्रहरीको अनुसन्धान नसकिए पनि अपूर्वलाई कोरोना सङ्क्रमण पुष्टि भएको कारणले छाडिएको हो । प्रहरीले छाड्न सहमति मागेपछि छाडिएको कार्यालयले जनाएको  छ । उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको हो । उनको अनुसन्धान भने सकिएको छैन । उनी अहिले वीर अस्पतालको कोभिड वार्डमा उपचाररत छन् ।


हिजो बुधवार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डाैले प्रहरीलाई अनुमति दिएको थियो । स्ट्यान्डअप कमेडी गर्दा नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो । 

कमेन्ट गर्नुहोस्