लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बोर्डले 'शो' होइन, नीति निर्माण दिने हो : बोर्ड अध्यक्ष भुवन केसी

tillotmacitynews - 2022 Sep 03 04:12 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ १८ गते २०७९। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले शोज दिने हो भनेर नबुझिदिन आग्रह गरेका छन् ।शुक्रवार सम्हाल्निछ कहिले मनको प्रिमियर शोज हेरेपछि अध्यक्ष केसीले चलचित्र विकास बोर्डले फिल्मको शो दिने भन्नेकुरा कतिपयले अभिव्यक्त गरिरहेको उल्लेख गर्दै विकास बोर्डले शो दिने नभइ नीति निर्माण मात्रै गर्ने भएको बताए । उनले चलचित्रि विकास बोर्डले चलचित्र व्यवस्थित तरिकाले चलाउन नीति निर्माण गर्ने भन्दै विकास बोर्डकै कारण कुनै फिल्मले शो धेरै पाए र कम पाए भन्ने कुरा नुबुझ्न आग्रह गरे।


उनले चलचित्र विकास बोर्डले शोज दिएन भन्ने कुरा नबुझेका मानिसले भनेको उल्लेख गर्दै विकास बोर्ड सबै चलचित्रलाई समान रुपमा समेटेर अघि बढ्न र नबुझेकालाई बुझाउन तयार रहेको बताए । उनले कलाकारहरुले नै कतिपय ठाउँमा प्रेमगीत ३ को बारेमा विभिन्न भ्रामक हल्ला फिँजाइरहेको भन्दै आपत्ति जनाए । उनले कलाकारले लेखेका र बोलेका कुराले आम नागरिकमा चासो र चिन्ता पर्ने भएकोले सत्य बोल्न आग्रह पनि गरे । उनलेले प्रेमगीत ३ ले नेपाली सिनेमाको ढोका खोल्न लागेको भन्दै त्यसको स्वागत गर्न कोही पनि हिच्किचाउन नहुने बताए ।


उनले भने, ‘चलचित्र विकास बोर्डले शोज दिएन भन्ने कुरा नबुझेका मानिसले भनेका हुन्। बोर्डले शोज दिने होइन, चलचित्रलाई व्यवस्थित गर्न नीति निर्माण गर्ने हो । कलाकार हरुले बोल्दा विचार गरेर बोल्नुपर्छ । प्रेमगीत ३ ले नेपाली सिनेमाको ढोका खोल्दैछ भनेपछि हामीले त्यसको स्वागत गर्नुपर्छ ।’

कमेन्ट गर्नुहोस्