
तिलोत्तमा सिटी न्युज, भदौ १७ गते २०७९। पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित शिवखोलामा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।घाइते मध्ये एक जनाको अवस्था मध्यम रहेको छ । अन्य १५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमका अनुसार बर्दियाको मधुवन नगरपालिका ५ बस्ने वर्ष ६२ की गुठी सोनाहाको शरीरमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको छ ।
उनलाई उपचारका मेडिकल कलेज कोहलपुर लगिएको छ ।नारायणघाटबाट बर्दिया तर्फ जाँदै गरेको ना ६ ख ९६७९ नं. को बस साँझ साढे ४ बजे दुर्घटनामा परेको हो । ब्रेक फेल भएपछि बस सडकको बायाँ भागमा पल्टिएको प्रहरीले जनाएको छ ।प्रहरीले गाडी मालिक र गाडी चालकलाई नियन्त्रणमा लिएको छ । थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्