लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतबाट बढेर आयाे डिजेल र पेट्रोलकाे मूल्य

tillotmacitynews - 2022 Sep 01 10:35 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ १६ गते २०७९। भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको छ ।बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ भने खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।


नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन ।यसअघि लगातार तीन पटक घटेर मूल्य प्राप्त भएपनि निगमले बिक्री मूल्य घटाएको थिएन । नयाँ बिक्री मूल्यबारे बिहीबार साँझ बस्ने निगम बोर्ड बैठकले निर्णय गर्न सक्ने निगमका एक अधिकारिले बताए ।

कमेन्ट गर्नुहोस्