लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाडौँ र दाङमा बस र टिप्परमा तोडफोड तथा आगजनी, १७ जना पक्राउ

tillotmacitynews - 2022 Aug 23 11:05 AM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ ७ गते , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहित अन्य चार कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको असर देशभर आंशिक परेको छ। काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड भएको छ । आज बिहान ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ताको एक समूहमा एक्कासि आएर कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको महासागर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो । गाडीमा ढुङ्गा प्रहार गरी सिसा फुटाइएको छ । त्यस्तै बन्दकर्ताले दाङमा मंगलबार बिहानै टिप्परमा आगजनी गरेका छन । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन । यसैबीच प्रहरी प्रधान कार्यालयले जनाए अनुसार बन्द गराउँदै हिँड्ने १७ जनालाई  देशका विविन्न भागबाट  पक्राउ गरिएको छ  । आज बिहानैबाट बन्दकर्ताले तोडफोड तथा आगजनी गर्न सक्ने भन्दै गृहले प्रहरी तथा आर्मीलाई सुराक्ष्यार्थ खटाएको छ ।  

कमेन्ट गर्नुहोस्