लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कर्मचारीको तल सुबिधाको लागी तलब आयोग गठनको तयारी

tillotmacitynews - 2022 Aug 09 11:13 PM
IMG

तिलोत्तमा सिटी न्युज, साउन २४ गते २०७९। सरकारले कर्मचारीको तलब सुविधाका बारेमा अध्ययन गर्न ‘उच्चस्तरीय तलब आयोग’ गठनको तयारी गरेको छ ।चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार तलब सुविधाबारे अध्ययन गर्न आयोग गठनको तयारी भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव नारायण अर्यालले बताए ।‘यसपालिको बजेटमा कर्मचारीहरुको तलबबारे अध्ययन गर्न आयोग गठन गर्ने व्यवस्था परेको थियो, त्यसैको कार्यान्वयनका लागि आयोग गठनको गृहकार्य भइरहेको छ । आवश्यक प्रक्रिया पुर्‍याएर मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजानेछ’ उनले भने ।


आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको ३६७ बुँदामा राष्ट्रसेवक कर्मचारीहरुको न्यूनतम तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरुको तलब सुविधाको अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न उच्चस्तरीय तलव सुविधा अयोग गर्ने उल्लेख थियो ।आर्थिक वर्ष २०७८/०७९ को बजेटमा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले पनि पे कमिसनको विषय उल्लेख गरेका थिए । सरकार फेरिएपछि आयोग गठन अघि बढेको थिएन ।अवकाश प्राप्त कर्मचारी वा सम्बन्धित क्षेत्रका विज्ञ रहने गरी आयेग बनाउने तयारी भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । उक्त आयोगले निजी क्षेत्रका श्रमिकको समेत न्यूनतम पारिश्रमिक तथा सुविधा निर्धारणको सिफारिस गर्नेछ । 

कमेन्ट गर्नुहोस्