लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बस्ती पस्यो सप्तकोसी : हजारौँ घरपरिवार उच्च जोखिममा

IMG

तिलोत्तमा सिटी न्युज, साउन १८ गते २०७९ । पानीको बहाब बढ्दा उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा पर्ने सप्तकोशीको बाँध फुटेको हो । प्रहरीका अनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको छ । उक्त बाँध फुट्दा करिब ४ हजार घर परिवार बाढीको उच्च जोखिममा परेका छन् । पश्चिम तटीय क्षेत्रको बेलका नगरपालिका ८ डुम्रीबोटेबाट सप्तकोसी पस्दा नगरपालिकाको ८, ९, ३, २ र १ वडा प्रभावित भएका छन् । बुधबार बिहान ४ बजे उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको थियो । त्यस क्षेत्रमा सोमबार देखि नै बाढीको उच्च जोखिम रहेको भन्दै प्रहरीले स्थानीयलाई बस्ती छोड्न माइकिङ गरेको थियो । अहिले प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । बाढीको फ्लो कम गराउन कोशी ब्यारेजका ३२ ढोका खोलिएको छ । 







कमेन्ट गर्नुहोस्