
तिलोत्तमा सिटी न्युज, साउन १६ गते २०७९। काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ।
तारकेश्वर नगरपालिका–२ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले केशव पाण्डे र सुनितासहित दुईजना छोराछोरीको शव फेला परेको जानकारी दिए । पाण्डे झुन्डिएको अवस्थामा फेला परेको र अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान स्कुल जाने बेलामा एकजना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।
भित्रबाट ढोकाको चुकुल लगाएर शव निकालेकाले सबैले आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । यद्यपि मृतकका शरीरमा चोटपटक भएकाले घटना शंकास्पद मानिएको छ ।
कमेन्ट गर्नुहोस्