लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चाँदीका कचौरा तथा मूर्तिसहित एक जना पक्राउ

IMG

तिलोत्तमा सिटी न्युज, साउन १४ गते २०७९। भारतबाट राजश्व छलेर ल्याइएको चाँदीको कचौरा र मूर्तिसहित प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–६ बस्ने १८ वर्षीय साहिल कुमार साह पक्राउ परेका हुन् ।प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले आइतबार बिहान सवा ११ बजे वीरगञ्ज–१६ रजत जयन्ती चोकबाट उनलाई पक्राउ गरेको थियो ।


रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर ५ एएस २१६२ नम्बरको मोटरसाइकलमा साहले बोकेको खैरो रङको झोलाभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको कचौरा तथा साना मूर्तिहरु ११०६ ग्राम ४०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।उनलाई बरामद गरिएको सामग्री सहित राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्