लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी डान्स आइकोनले लुम्बिनी प्रदेशको कला जन्माउछ : पौडेल

IMG

तिलोत्तमा सिटी न्युज, साउन १५ गते २०७९। नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा सम्पन्न लुम्बिनी डान्स आइकोनको ३ दिने प्रशिक्षण कार्यक्रममा बोल्दै पुर्व अर्थमन्त्री तथा क्षेत्र नम्बर २ का संसद बिष्णु पौडेलले लुम्बिनी प्रदेश कलाको धनी रहेको बताए।  उनले लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी हुने नृत्य प्रतियोगिता लुम्बिनी डान्स आइकोनको सफलताको कामना गर्दै सो प्रतियोगिताले प्रदेशको समग्र कला जन्माउने बताए।  कलाको धनि प्रदेश भएका कारण हरेक सस्कृति र रितिरिवाज संगै संगीतको तर्फबाट पनि उत्तिकै धनि लुम्बिनी प्रदेशमा यस्तो खालको कार्यक्रम हुनु गौरवको कुरा भएको बताएका छन्।  कलाको सम्मान हरेक समाजले गर्नुपर्ने बताउदै जुनसुकै परिस्थितिमा पनि आफु कलाको सम्मानका लागि अघि बढेको समेत बताए। 


प्रदेशका अध्यक्ष लोकेन्द्र शाहको अध्यक्षता तथा  पुर्व अर्थमन्त्री तथा क्षेत्र नम्बर २ का संसद बिष्णु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमममा नृत्य निर्देशक संघ नेपालका केन्द्रिय उपाध्यक्ष प्रदीपमान श्रेष्ठ, सचिव तथा अप्रबक्ता ऋषिकेश श्रेष्ठ, प्रमुख प्रशिक्षक भावना कार्की, प्रशिक्षक  सुजन मार्फा तामाङ्ग, ख्याति प्राप्त डान्सर असिम श्रेष्ठ, कार्यक्रम संयोजक सुन्दर गुरुङ, सदस्यहरु माइकल देव दर्लामी, सल्लाहकार  मनिष पन्थ, अभिवावक तथा ३०० बढी विद्यार्थी लगायतको उपस्थिति रहेको थियो। महिला उपाध्यक्ष मिना बुढाथोकीको स्वागतमा शुरु भएको कार्यक्रमको संचालन यस क्षेत्रका ख्यातिप्राप्त संचारकर्मी तथा पत्रकार सुमन श्रेष्ठले गरेका थिए। कार्यक्रमममा सहभागी प्रशिक्षार्थिहरुको आउदो साउन २१ गते नबिन औधोगिक कदर बहादुर रिता मावी देवीनगरमा सेलेक्ट राउण्ड सम्पन्न हुने आयोजकका तर्फबाट नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले बताए। 


 

कमेन्ट गर्नुहोस्