
तिलोत्तमा सिटी न्युज, साउन १५ गते २०७९। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुन:अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुन: अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् । शर्माले आइतबार नै ५ बजेपछि राष्ट्रपति भण्डारीबाट शपथ लिने कार्यक्रम रहेको छ ।
कमेन्ट गर्नुहोस्