लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रेस सेन्टरमा पदाधिकारी बाँडफाँड

tillotmacitynews - 2022 Jul 30 10:17 PM
IMG

तिलोत्तमा सिटी न्युज, साउन १४ गते २०७९। महाधिवेशन भएको ८ महिनापछि प्रेस सेन्टर नेपालले पदाधिकारीको टुंगो लगाएको छ । शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न सेन्टरको केन्द्रिय समितिको बैठकले पदाधिकारीको टुंगो लगाएको हो ।यसअघि २०७८ मंसिर १८ र १९ गते चितवनमा आयोजित प्रेस सेन्टरको १४ औं महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटालाई चयन गरे पनि अन्य पदाधिकारीको टुंगो लागेको थिएन ।


निकै रस्साकस्सीविच सम्पन्न बैठकले ६१ सदस्यीय पदाधिकारी टुंगो लगाएको सेन्टरले जनाएको छ ।जस अनुसार संगठनको वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा डिल्ली मल्ल र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन् । सेन्टरले १९ उपाध्यक्ष, १० जना उपमहासचिव तथा २७  सचिव  चयन गरेको छ ।

हेर्नुहोस् पदाधिकारीको सुची :


कमेन्ट गर्नुहोस्