लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पोखराबाट काठमाडौं उडेको यतीको जहाजमा समस्या, पोखरानै फर्काइयो

IMG

तिलोत्तमा सिटी न्युज, साउन १३ गते २०७९। पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ । यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन भएको जहाज उडेको ६ मिनेटमै पुनः पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको हो । जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको जानकारी दिएका थिए 


बिहान ८ बजेर ५४ मिनेटमा उडेको जहाजमा ४५ जना यात्रु थिए । 

कमेन्ट गर्नुहोस्