लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गृहमन्त्री खाण र प्रचण्डबीच खुमलटारमा भेटवार्ता

IMG

तिलोत्तमा सिटी न्युज, साउन १३ गते २०७९।  गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। दाहाल निवास खुमलटारमा शुक्रबार बिहान गृहमन्त्री र प्रचण्डबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।  


नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बुझिएको छ । सरकारले यही साता चुनावको मिति घोषणा गर्ने तयारी छ । अध्यक्ष दाहालले बिहीबार मात्रै सरकारले केही दिनभित्रै चुनावको मिति घोषणा गर्ने बताएका थिए । मन्त्री खाँणले बिहीबार माओवादी नेता कृष्णबहादुर महरासँग पनि छलफल गरेका थिए ।

कमेन्ट गर्नुहोस्