
तिलोत्तमा सिटी न्युज, साउन १२ गते २०७९ । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।
यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोक दोहोरी गायक प्रकाश आचार्यको नयाँ दोहोरी गित ‘पिरती लामभो पोखरा फेवातालैमा’ सार्वजनिक भएको छ ।
दोहोरी गायक प्रकाश आचार्य र गायिका ्शान्ति श्री परियारको आवाजमा सजिएको उक्त गितमा गायक एवम् सर्जक प्रकाश आचार्यको शब्द तथा उत्कृष्ट लय बिन खाति को रहेको छ / उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । निर्देशक सुनिल ्शेत्रि को निर्देसन रहेको उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलले छांयाकन एवम् अम्रित चापागाइको सम्पादन गरेका छन् । आफनै च्यानल बाट गित रिलिज गरेका छन गायक प्रकाश आचार्य ले !
कमेन्ट गर्नुहोस्