लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल–बंगलादेश जलस्रोत समितिको बैठक काठमाडौंमा सुरु

IMG

तिलोत्तमा सिटी न्युज, साउन १२ गते २०७९। नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयूक्त बैठक काठमाडौंमा सुरु भएको छ । झन्डै १५ वर्षपछि नेपाल र बंगलादेशबीच जलस्रोत समितिको सचिवस्तरीय संयूक्त बैठक बसेको हो । अघिल्लो बैठक सन् २००८ को फेब्रुअरी २६ देखि २९ सम्म भएको थियो ।



दुई दिन चल्ने बैठकमा जलस्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल हुने बताइएको छ । बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गरेका छन् । बैठकमा जलवायु परिवर्तनको मुद्दा एवम् जल तथा मौसम सम्बन्धी तथ्यांकहरूको आदान–प्रदानका विषयमा पनि छलफल हुने छ ।

कमेन्ट गर्नुहोस्