लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तीनकुनेको कल सेन्टरमा प्रहरीको छापा

IMG

तिलोत्तमा सिटी न्युज, साउन ९  गते २०७९। सोमबार काठमाडौंको तीनकुनेमा घर भाडामा लिई कल सेन्टर सञ्चालन गरेर साइबर धन्दा चलाउने एक चिनियाँलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।


प्रहरीको साइबर अपराधको आशंकामा प्रहरीले उक्त कल सेन्टरमा छापा मारेको थियो । छापा मार्ने क्रममा कल सेन्टरको आवरणमा चिनियाँ नागरिकले गैरकानुनी धन्दा गरेको प्रहरीले प्रमाण फेला पारेको थियो ।उक्त कल सेन्टरबाट ल्यापटप बरामद गर्ने र मुचुल्का बनाउने काम भइरहेको प्रहरीले बताएको छ।



आइतबार बुटवलको एक कल सेन्टरमा पनि प्रहरीले छापा मारेको थियो ।

कमेन्ट गर्नुहोस्