
तिलोत्तमा सिटी न्युज, साउन ८ गते २०७९। भक्तपुरको सल्लाघारीमा गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुढ ढलेर चेपेको छ । काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको मिनिबस र बा.६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किचेको थियो । प्रहरीका अनुसार उक्त दुर्घटनामा ३ जनाको मृत्यु भएको छ र १२ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा एक जना नितेज खर्बुजा रहेका छन्, भने बाँकी दुई जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको र सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने बताइएको छ ।
कमेन्ट गर्नुहोस्