लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपहपको श्रीपेचका विजेतालाई नयाँ मुकुट पहिर्‍याइयो

IMG

तिलोत्तमा सिटी न्युज, साउन ३ गते २०७९ । नेपालको पहिलो र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई आयोजकले नयाँ मुकुट पहिर्‍याएको छ । यसअघि ‘नेपहपको श्रीपेच’ मा काठमाडौंका मेयर बालेन साहले विजेता भाइवर साइमनलाई लगााईदिएको श्रीपेचमाथि बुद्धिष्ट अभियन्ताले आपत्ति जनाएका थिए । मुकुट विवादित बनेपछि आयोजकले बुद्धिष्ट अभियन्तालाई सो मुकुट हस्तान्तरण गरेको थियो ।




आज आयोजित कार्यक्रममा काठमाडौंका मेयर तथा रियालिटी शोका निर्णायक बालेन्द्र साहको उपस्थितिमा नेपहपको श्रीपेचका विजेता भाइबर साइमनलाई नयाँ मुकुट दिइएको हो । भाइबरले नयाँ मुकुट लगाउन पाएकोमा खुशी व्यक्त गरे । अहिले फरक डिजाइनको मुकुट बनाएर भाइबरलाई प्रदान गरिएको हो । आजको कार्यक्रममा उपस्थित भएका मेयर साहले मन्तव्य भने राखेनन् । उनी केहीबेर बसेर कार्यव्यस्तताको कारण देखाउँदै हिँडेका थिए ।





अहिले प्रदान गरिएको श्रीपेच अन्तर्राष्ट्रिय हिपहपहरुले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको शोका निर्माता रोशन पोखरेलले बताए । पहिलेको मुकुट विवादित बनेको र आगामी दिनमा यसको डिजाइन गर्दा सतर्क रहने पनि उनले बताए ।



‘नेपहपको श्रीपेच’को दोस्रो सिजन भदौदेखि सुरु हुने पनि कार्यक्रममा जानकारी गराइएको थियो।  

कमेन्ट गर्नुहोस्