लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

७ महिनामा एयरपोर्टबाट ४८० किलो सुन बरामद

IMG

तिलोत्तमा सिटी न्युज, साउन १ गते २०७९ ।   त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको छ । जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो तथ्या‌ंक सार्वजनिक गरेको हो ।




विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईकाअनुसार यस अवधिमा यात्रुहरुबाट ४८० किलो अवैध सुन बरामद भएको छ । १३ मंसिरदेखि सुरु गरिएको योस्तो कडाइका क्रममा सुरुवाती दिनमा दैनिक २१ किलोसम्म सुन बरामद हुने गरेकोमा अहिले दैनिक एक किलो हाराहारीमा झरेको भट्टराईले बताए । कानुनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउँछन्न् ।


सुनको गहनाको हकमा अधिकतम २५० ग्रामसम्म साथमा लगाएर आउन पाइने कानुनी व्यवस्था छ । जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा राजस्व छुट सुविधा उपलब्ध हुन्छ भने सो भन्दा बढी २०० ग्रामसम्मको गहनाको हकमा भन्सार राजस्व तिरेर मात्र ल्याउन पाइन्छ । १०० ग्राम भन्दा बढी काँचो सुन र २५० ग्राम भन्दा बढी सुनका गहना ल्याएको हकमा त्यस्तो सुन तथा सुनका गहना जफत गरी भन्सार कानुन बमोजिम कारबाही गर्ने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्