लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकारमाथि दुव्र्यवहार गर्ने डिएसपी मल्लले माफी मागे

IMG

तिलोत्तमा सिटी न्युज, असार ३२ गते २०७९ । पत्रकार विजय परियारलाई दुव्र्यवहार गर्ने ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले माफी मागेका छन् ।



शुक्रबार नेपाल पत्रकार महासंघ बाँके शाखाको रोहबरमा डिएसपी मल्लले माफी मागेका हुन् ।डिएसपी मल्लले बिहीबार सडक चक्काजामको समाचार संकलन गर्न गएका पत्रकार परियारलाई दुव्र्यवहार गरेका थिए ।


सडक दुर्घटनामा ज्यान गुमाएका आफन्तले सडकमा गरिरहेको विरोध प्रदर्शनको भिडियो खिचिरहेका पत्रकार परियारको सञ्चार सामग्री खोस्दै डिएसपी मल्लले उनलाई नियन्त्रणमा लिएका थिए ।


बिहीबार नै डिएसपी मल्लले पत्रकारमाथि गरेको दुव्र्यवहारको कोहलपुरका क्रियाशील पत्रकार तथा सञ्चार गृहले संयुक्तरुपमा गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।

कमेन्ट गर्नुहोस्