लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यम बुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्य: एमाले उपाध्यक्ष बिष्णु पौडेल

IMG

तिलोत्तमा सिटी न्युज, असार ३० गते २०७९ । नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलले र्‍याप गायक स्वर्गीय यम बुद्धको शालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताएका छन्।


बिहीबार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै पौडेलले केही दिनअघि महानगरले गरेको निर्णयको स्वागत गरेका हुन्।

उनले लेखेका छन्- संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो। तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ।



कमेन्ट गर्नुहोस्