
तिलोत्तमा सिटी न्युज, असार ३० गते २०७९ । विराटनगरमा आज भीषण आगलागी भएको छ । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आज दिउँसो आगलागी भएको हो । प्रहरीका अनुसार आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेर नष्ट भएको छ । आगो पूर्ण रुपमा नियन्त्रणमा आएपनि क्षतिको विवरण भने आइनसकेको प्रहरीको भनाइ छ ।
आगलागीका कारण रेस्टुरेन्ट नजिकैको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको प्रहरीले जानकारी गराएको छ ।
कमेन्ट गर्नुहोस्