लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

IMG

तिलोत्तमा सिटी न्युज, असार २८ गते २०७९ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा दुई देशबीचको सम्बन्ध, दुई पार्टीबीचको सम्बन्ध, बीआरआई एवं आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।



आइतबार नेपाल आएको लिउ नेतृत्वको टोलीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिसकेको छ । उक्त टोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने र सोही दिन स्वदेश फर्कने कार्यक्रम छ ।

 



कमेन्ट गर्नुहोस्