लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भरतपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु

IMG

तिलोत्तमा सिटी न्युज, असार २७ गते २०७९ । भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो ।



 जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान साढे १ बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना२६प ४८५१ नंको स्कुटरलाई ठक्कर दिएको हो ।



ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्