लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शेखर पक्षधर समूह आक्रामक बनेपछि काँग्रेस केन्द्रीय कार्यालयमा तनाव

IMG

तिलोत्तमा सिटी न्युज, असार २७ गते २०७९ । नेपाली काँग्रेसभित्र विद्रोहको चेतावनी दिएको डा. शेखर कोइराला समूह आक्रामक रुपमा प्रस्तुत भएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा शेखर पक्षधरले आक्रामक उपस्थिति देखायो । केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुभन्दा अगाडि शेखर पक्षधर कार्यकर्ताले नारावाजी गरेका छन् । उनीहरुले एकाधिकार गरेको आरोप लगाउँदै नारावाजी गरेका हुन् ।


भातृसंस्थामा कम्तिमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने शेखर पक्षको माग छ । पार्टीको सबै निकायमा समान र न्यायपूर्ण प्रतिनिधित्वको माग गर्दै आक्रामक उपस्थिति देखाएको हो । बैठक बाहिरै नारावाजी हुनुलाई अर्थपूर्ण मानिएको छ । बैठकभित्र पनि शेखर पक्ष कडा रुपमा प्रस्तुत हुने तयारीमा छ । शेखर पक्षले विद्रोहको चेतावनी दिदै आएको छ । ४० प्रतिशत भागवण्डा खोज्दै शेखर पक्षधरले आक्रामक रणनीति सारेको विषय उठ्न थालेको छ ।

कमेन्ट गर्नुहोस्