लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलको एक होटेलमा युवती मृत फेला

IMG

तिलोत्तमा सिटी न्युज, असार २६  गते २०७९ । बुटवलको गोलपार्कस्थित एक होटेलमा एक जना पुरुषसँगै बास बसेकी युवती मृत फेला परेकी छन् । पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृतक गुरुङ बुटवल वडानंम्बर २ की बासिन्दा भएको प्रहरीले जनाएको छ । होटेलको कोठा नंं १०५ मा बस्न सदीक्षा नै आएर रुम बुक गरेकी थिइन् । 



सदीक्षासँगै बसेका युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले युवकको परिचय भने खुलाएको छैन । उनी घटनापश्चात फरार भएका थिए ।



मृतकका आफन्तहरूले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका छन् । 

कमेन्ट गर्नुहोस्