
तिलोत्तमा सिटी न्युज, असार २४ गते २०७९। समाजका कुरीति र कुसस्कृति चिर्दै मनाउने तीजको माहोल छिर्दैछ । पछिल्लो समय पुराना भाकाहरुलाई टपक्क टिपेर नया शैली र नयाँ आवाजलाई स्थान दिएर अहिले गीतहरु निकाल्ने क्रम बढ्दो छ । तर पुरानै पाराको पुरानो शैली मा अहिलेको चर्चित बाल गायिका मिठो स्वर कि धनि पुजा देवकोटा नयाँ तीज गीत बांसैको चोया ,जसमा साथ् दिएका छन् यज्ञ सापकोटाले।
नारीहरुको महानचाड हरितालिका तीज नजिकिदै गर्दा, बिभिन्न म्युजिक कम्पनीहरुले तीज गीत कोसेली बजारमा ल्याउने क्रम जारी छ । यसैबीच फरक धार र तीजको पुरानो भाकालाई लिएर अकला देवी म्युजिकको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ। अकलादेवी म्युजिक प्रालिको प्रस्तुतिमा निर्माण भएको सो गीतको भिडियोमा चर्चित रचनाकार तथा संगीतकार शिव सुबेदीको लय शब्द रहेको छ । पुजा देवकोटा को तीज गीत सुन्न लालायित स्रोता दर्शकका लागि पनि प्रतिक्षाको बिषय रहेकोले अब त्यो प्रतिक्षा मेटिएको देखिन्छ। पुजा देवकोटा र यज्ञ सापकोटाको स्वर रहेको गीत निकै राम्रो भएको र भिडियोमा पनि धेरै मेहेनत गरेको निर्देसक मदन खड्का बताउछन् ।
सो तीज गीतमा चर्चित चकलेटी नायिका सगुन शाही, बेबो आचार्य तथा मोडल सुरज पन्थको अभिनय रहेको छ, गीतलाइ राम्रो बनाउनलाई क्यामेरामा बिरेन्द्र भट्ट र सम्पादनमा सुजन कोइराला को भूमिका रहेको छ । सो तीज गीतको एरेंजिंग कृष्ण केसीले गरेका छन्। साउन २४ गतेको साइत हेरी सार्बजनिक गरिएको सो गीतमा टिप्पिकल नेपाली ग्रामिण भेगको भाखा र त्यहाको परिवेश उत्कृस्ट रुपले झल्काइएको छ। गीत संगै भिडियो पनि उत्तिकै मेहनतपुर्ण तरिकाले पस्किएका शिव शुबेदीले तीज गीतको मर्म अनुसारको गीत निकालेको र दर्शकले यसको मर्म बुझी माया गरिदिनेमा ढुक्क रहेको जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्