
तिलोत्तमा सिटी न्युज, असार २२ गते २०७९।सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् ।
प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् । उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो ।
कमेन्ट गर्नुहोस्