लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको निर्देशन

IMG

 तिलोत्तमा सिटी न्युज, असार २२ गते २०७९। काठमाडौं महानगरपालिकाले व्यवसाय र मनोरञ्जन कर तिर्न सिनेमा हल लगायत मनोरञ्जन क्षेत्रलाई आग्रह गरेको छ । महानगरले सूचना जारी गर्दै यस क्षेत्रभित्र रहेका फिल्म घर, क्यासिनो, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब, सांस्कृतिक प्रदर्शन हल, थिएटर, नाटक घर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एण्ड स्पा, स्वीमिङ पुल र पार्कलाई कर तिर्न भनेको हो ।



राजस्व विभागमा मनोरञ्जन कर बुझाएको प्रमाण जाँच गरी मात्र व्यवसाय दर्ता र नवीकरण गर्न समेत महानगरले आग्रह गरेको छ । काठमाडौं महानगरभित्र सञ्चालित फिल्म हललाई यसअघि पनि महानगरले कर तिर्न आग्रह गरेको छ ।सिनेमा हलले टिकट बिक्रीको ५ प्रतिशत मनोरञ्जन कर बुझाउनुपर्छ ।


कमेन्ट गर्नुहोस्