लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अर्थमन्त्री जनार्दन शर्मा माथि छानबिन गर्न माग

IMG

तिलोत्तमा सिटी न्युज, असार २१  गते २०७९।राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूले बजेट निर्माणको क्रममा अनियमितता भएको विषयमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन् ।  योजना आयोगका ६ जना पूर्वउपाध्यक्षहरू पृथ्वीराज लिगल, डा. जगदीशचन्द्र पोखरेल, डा. युवराज खतिवडा, डा. दिनेशचन्द्र देवकोटा, डा. गोविन्दराज पोखरेल र डा. पुष्प कँडेलले संयुक्त विज्ञप्ति निकालेर बिग्रँदाे अर्थतन्त्रलाई सुधार गर्नुको साटो बजेट निर्माणमै खेलबाड गर्नु गम्भीर धोका भएको भन्दै छानबिन गर्न माग गरेका हुन् । सङ्कटोन्मुख परिस्थितिको सामना गर्न सरकार खास योजनाका साथ अघि बढ्न नसकेको ठहर गर्दै पूर्वउपाध्यक्षहरूले बजेट निर्माणमा अनुशासनहीन क्रियाकलाप भएको लगायतका घट्नाक्रमले नेपालको अर्थतन्त्र झनै समस्यामा थप्ने विज्ञप्तिमा उल्लेख छ । 





‘नागरिकको पसिनाबाट उठेको करको दुरुपयोग भएको, मूल्यवृद्धि र जनजीविकाका सवालमा सरकारले सम्बोधन गर्न नसकेको र सरकारले कुशासनलाई नै टेवा पुग्ने काम गरिरहेकाले थप आर्थिक जटिलताको सङ्केत गरिरहेको अवस्थामा योजनाका साथ अघि बढ्न अनुरोध गर्दै बजेट निर्माणमा उठेका प्रश्नहरूमाथि यथोचित छानबिन गर्न मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायसमक्ष माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । 


यस्ताे छ विज्ञप्ति–


शंकटोन्मुख अर्थतन्त्र र सरकारी अनुशासनहिनताबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुको अपिल हामी नेपाल सरकारलाई मुलुकको वर्तमान शंकटोन्मुख अर्थतन्त्र र आर्थिक अनुशासनहिनताबारे गम्भिर ध्यानाकर्षण गराउन चहान्छौ । विदेशी विनिमय संचितिमा निरन्तर कमी आएपछि सरकारले बाध्यात्मक रुपमा विभिन्न सामाग्रीहरुको आयात समेत बन्देज गरिसकेको छ । विदेशी विनिमय संचिति सुधार गर्नका लागि निर्यात बढाउने, विदेशी लगानी आकर्षित गर्ने, पर्यटक आगमन सहज बनाउने, रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन पहल गर्ने र वैदेशिक सहायता तथा ऋणको उचित परिचालन हुन सकेको छैन । न्यून पॅुजीगत खर्चले मुलुकमा लामो समयदेखी वित्तीय क्षेत्रमा तरलता अभावको समस्या छ । शंकटोन्मुख यस परिस्थीतिको सामना गर्न सरकार ठोस योजनाका साथ अघि बढ्न नसकेको हाम्रो ठम्याई छ । यही“ परिस्थीतिको सामना गर्नुका सट्टा बजेट निर्माण अनुशासनहिन क्रियाकलाप भएको भन्दै निजी क्ष्ँेत्र, अर्थशास्त्री तथा पूर्व अर्थमन्त्रीहरु, गठबन्धन भित्रकै नेता शेखर कोईराला र गगन थापा, आम सञ्चारमाध्यमले प्रश्न उठाईरहेका छन् । सत्ता नेतृत्वकर्ता दलका महामन्त्रि गगन थापाले अर्थमन्त्रिको राजीनामा नै मागिसके। प्रमुख प्रतिपक्ष दल– नेकपा एमालेले बजेट निर्माणमा भएको अनियमित क्रियाकलापको संसदिय छानविनको माग गरिरहेको छ । यि सबै घट्नाक्रमहरुले नेपालको अर्थतन्त्र अहिले समस्यामा रहेको, जनताको पसिनावाट उठेको करको दुरुपयोग भएको, मुल्य बृदि र जनजिविकाका सवालमा सरकारलै संबोधन गर्न नसकेको र सरकारले कुशासनलाई नै टेवा पुग्ने काम गरिरहेकाले थप आर्थिक जटिलताको संकेत गरिरहेको छ । त्यसकारण हामी पूर्वउपाध्यक्षहरु सरकारसमक्ष अहिलेको शंकटोन्मुख अर्थतन्त्रको सामना गर्न ठोस योजनाका साथ अघि बढ्न अनुरोध गर्दै बजेट निर्माणमा उठेका प्रश्नहरुमाथी यथोचित छानविन गर्न मन्त्रिपरिषद, संसद र संवैधानिक निकायसमक्ष माग गर्दछौ ।


१. पृथ्वीराज लिगल २. डा. जगदिशचन्द्र पोखरेल ३. डा. युवराज खतिवडा ४. डा. दिनेशचन्द्र देवकोटा ५ डा. गोबिन्दराज पोखरेल ६. डा. पुष्प कंडेल

कमेन्ट गर्नुहोस्