लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुरेन्द्र यादवलाई फेरि झड्का

IMG

 तिलोत्तमा सिटी न्युज, असार २० गते २०७९।  तत्कालीन संघीय समाजवादी पार्टी फुट्न लाग्दा बचाउन सांसद डा. सुरेन्द्र यादवको भूमिका महत्वपूर्ण रहेको छ । फुटका लागि तयारी पूरा भएपछि महोत्तरीबाट प्रत्यक्ष निर्वाचिन यादव केपी शर्मा ओली सरकारमा स्वास्थ्यमन्त्री बन्ने पक्कापक्की भएको थियो । यादवको घरमै पुगेका थिए एमाले नेता महेश बस्नेत, तत्कालीन एमालेमा रहेका र निवर्तमान मन्त्री किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनाल ।




उनीहरुले यादवकै घरमा खाना खाइवरी काठमाडौंमा पुगेको भोलिपल्टै सुरेन्द्र यादव मन्त्री बन्ने भन्दै परिवारसँग बिदा भएर आएका थिए यादवसँग साथमा सांसद उमाशंकर अरगरिया पनि थिए । उनको सुरक्षागार्ड पनि साथमै थिए । सँगै आएका सुरेन्द्र यादवको साथ मिल्नेवित्तिकै रेणु यादव, प्रदीप यादव, उमाशंकर अरगरियालगायतले उपेन्द्र नेतृत्वको तत्कालीन समाजवादी पार्टी फुटाउने कदम चाल्दै थिए ।


होटल मेरियटमा एक रात बसेका सुरेन्द्र भोलिपल्ट विहानै त्यहाँबाट निस्किए । उनले अपहरणको एम्बुस थापे । आफूलाई अपहरण गरिएको आरोप लगाए । प्रहरीमा मुद्दा समेत दायर गरे । समाजवादी पार्टी तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकीकरण भयो रातारात । यसमा सुरेन्द्र यादव पनि मुख्य कारण रहे । तर, उनै सुरेन्द्र यादव निरन्तर पेलाईमा परे ।


विगतमा स्वास्थ्यराज्यमन्त्री भएका यादवलाई मन्त्री बनाउने आश्वासन पटक पटक दिइयो । देउवा सरकारमा उनले अघिल्लोपटक पनि अवसर पाएनन् । यसपटक पनि उनको नाम सिफारिश भएन । उनले निरन्तर झड्का खाए । उपेन्द्र यादवको साथमा रहेका डा. सुरेन्द्र यादवले तत्कालीन समाजवादी पार्टीलाई जोगाउन सञ्जीवनी बुटी त दिए तर उनको राजनीतिक भविष्य नै समाप्त पार्ने गतिविधि त्यहींबाट भएको छ । उनी अवसरबाट वञ्चित गरिएका छन् 

कमेन्ट गर्नुहोस्