लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अनिल सिंहले बुटवलबाट भने : यात्रामा टिभिएस काफी छ

IMG

तिलोत्तमा सिटी न्युज, असार १८ गते २०७९।  बुटवलको एक कार्यक्रममा भेटिएका ख्याति प्राप्त गायक अनिल सिंहले यात्रामा टिभिएस प्रफ़ेक्ट रहेको बताएका छन्।  शुक्रबार गायक अनिलले टिभिएस बाइकका लागी नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स अन्र्तगत  बालाजी आटोमोवाईल्स बुटवलले  टिभीएस आरटिआर १६० फोर भी मोडेलको सार्वजनिक कार्यक्रममा आफ्नो मज्जाको सांगीतिक प्रस्तुति राख्दै सो कुरा अबताएका हुन्। बुटवलमा भव्य कार्यक्रमका विचमा प्रख्यात गायक अनिल सिंह सहितको  टोलीले सार्वजनिक गरेको हो ।  आरटिआर सिरिज अन्तर्गतको यो मोटरसाइकल टिभीएस आरटिआर १६० फोर भी शक्तिशाली १६० सीसीमा रहेको छ, जसले अटोमोबाइल क्षेत्रको बेन्चमार्क बन्ने कुरामा कम्पनी बिश्वस्त रहेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा टिभीएस अपाचे आरटिआर १६० फोर भी बिट्स नामक कार्यक्रममार्फत सार्वजनिक  गरिएको हो । कार्यत्र mmममा बालाजि अटोमोवाईल्स बुटवलका प्रमुख विशाल जैसवाल, टिभिएस जगदम्बा मोटर्ससका क्षेत्रीय म्यानेजर धनिराम भुषाल,  प्रशान्त राज भण्डारी, विक्रम पौडेल सहितको टिमले नयाँ मोटरसाईकल लन्च गरेका हुन । 


४ भल्भ, आयल कुल्ड इन्जिन रहेको टिभीएस आरटिआर १६० फोर भी, इण्डियन नेशनल मोटरसाइकल रेसिङ च्याम्पियनशिप (आइ एन एम आर सी) को छ पटकको बिजेता मोटरसाइकल हो ।  नयाँ टिभीएस आरटिआर १६० फोर भी मा थप प्रविधिहरु जोडेर बजारमा आयको  हो । टिभीएस आरटिआर १६० फोर भी कार्बोरेटोर भेरिअण्टमा उपलब्ध रहेको छ । यसमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पी एस पावर ८००० आरपीएम मा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ। पावर राइडिङ्गको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ, जसले पावरफुल राइडिङ्ग को अनुभव प्रदान गर्नेछ ।आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टिभीएस अपाचे आरटिआर १६० फोर भी पावर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा रहेको छ। जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रति घण्टा मात्र ४.७३ सेकेन्डमा पुरा गर्दछ।


पेटेण्डेड डबल क्रेडल स्प्लिट सिन्क्रो स्टिफ डिजाइन गरियको उक्त मोटरसाइकल, उत्कृस्ट हाइ स्पिड स्टेबिलिटि, बेस्ट इन क्लास अनरअफ ट्रयाक ह्याण्डलिड्ले सुसज्जित रहेको छ। टिभीएस राइडरहरुको परिसुद्दता र इन्जिनियरहरुको बिशेषज्ञतामा आधारित मोनो शक् सस्पेन्सन र रेजर शार्प ह्याण्डलिङ्ग यो मोटरसाइकलको आकर्षण हो, राइडरहरुको सेफ्टीको लागि डिश ब्रेक र ड्रम ब्रेक दुवैमा उपलब्ध रहेको छ। यो मोटरसाइकले फुल्ली डिजिटल  स्पिडोमिटर आइ एन एम आर सी मा आधारित रेस मेशिन आर टि आर १६५ मा आधारित छ। अग्रेसिभ हेड ल्याम्प, फेशनेवल बडी, फ्ल्याग ग्राफिक्स र स्लिक शार्प टेलहरु ग्राहकहरुलाई थप आकर्सित गर्ने बिसेशताहरु हुन। नेपाली बजारमा यो बाइकको मूल्य २ लाख ७९ हजार ९ सय रहेकोे टिभीएस अपाचे १६० फोर भी आकर्षक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध छ ।


कमेन्ट गर्नुहोस्