लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

घट्यो सवारी भाडा, कुन रूटमा कति ?

tillotmacitynews - 2022 Jun 26 06:27 PM
IMG

तिलोत्तमा सिटी न्युज, असार १२ गते २०७९। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।


यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटोमा सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटेको छ ।मालबाहक सावरीको भाडा दर पनि घटेको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला स्वालित भाडादरले यात्रु र व्यवसायी कसैलाई पनि मर्का नपर्ने अवस्था आएको बताउँछन् ।‘तेलको मूल्य घट्दा भाडा पनि घट्ने र बढ्दा पनि बढ्ने गरी भएको व्यवस्था वैज्ञानिक छ, उनले भने ।

कमेन्ट गर्नुहोस्