लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राजेशपायल राईको ‘खुशीको मुहान’ सार्वजनिक

tillotmacitynews - 2022 Jun 26 05:58 PM
IMG

तिलोत्तमा सिटी न्युज, असार १२ गते २०७९। गायक राजेश पायल राईको स्वर रहेको नयाँ गीत ‘खुशीको मुहान’ सार्वजनिक भएको छ । राज मुकारुङको शब्द तथा अम्बर तुम्बोपो सुब्बाको संगीत रहेको गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ ।गीतको भिडियोमा जातको कारण वैवाहिक जीवनमा बाँधिन नसकेका एक जोडी प्रेमीको कथा प्रस्तुत गरिएको छ । भिडियोमा नग्मा श्रेष्ठ र सागर थाप ध्रुव प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । सुरज तामाङको निर्देशन रहेको भिडियोमा विशाल थापाको छायाँकन र ज्वाला राईको सम्पादन छ ।




कमेन्ट गर्नुहोस्