तिलोत्तमा सिटी न्युज, असार ७ गते २०७९ ।देउखुरीको राप्ती गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकता राख्दै निति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज सोमबार पालिकाको सभाहल मसुरियामा आगामी आर्थिक वर्ष २०७९—०८० का लागि गाउँपालिकाको समग्र विकास निर्माण, सुशासन र सामाजिक विकासलाई केन्द्रित गर्दै नीति तथा कार्यक्रम ल्याएको हो ।गाउँपालिकाको दोस्रो गाउँसभाको पहिलो अधिवेशनमा अध्यक्ष प्रकाश बिष्टले शिक्षा, स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकता राख्दै १९ पृष्ठको निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
प्रस्तुत निति तथा कार्यक्रममा आगामी आर्थिक बर्ष देखि सामुदायिक विद्यालय तर्फ बालविकास शिक्षा देखि दश कक्षा सम्म पूणर्रुपमा निशुल्क गराउने, शिशु कक्षा देखि ६ कक्षा सम्म दिवा खाजाको व्यवस्था गरिने उल्लेख गरिएको छ ।त्यस्तै पूर्व प्राथमिक कक्षामा अध्ययनरत बालबालिकालाई पुस्तकको भारी, मेरुदण्ड र मष्तिस्कको बोझलाई हटाउन खेल्दै हाँस्दै सिकाइ अभियान सञ्चालन गर्ने, सामुदायिक विद्यालयहरुमा शिशु स्याहार कक्षा सञ्चालनका लागि अभिभावकसँग साझेदारी कार्यक्रम सञ्चालन गर्ने नीति अबलम्बन गर्ने, सामुदायिक विद्यालयमा कक्षा १–१२ मा अध्ययनरत सबै बालबालिकालाई नेपाल सरकारले तोके बमोजिम निःशुल्क पाठ्यपुस्तकको व्यवस्थापन गर्ने, सामुदायिक विद्यालयमा माध्यमिक तहसम्ममा अध्ययनरत सबै छात्राहरुका लागि महिनावारीको समयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराई छात्राहरुको कक्षा छाड्ने दरलाई घटाउने, कक्षा १ देखि ८ सम्म अध्ययनरत सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा, दलित,अपाङ्गता भएका विद्यार्थी तथा विपन्न वर्गका बालबालिकाहरुलाई छात्रवृत्तीको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
विद्यालयमा भौतिक पूर्वाधार विकासको सन्दर्भमा बालमैत्री, अपाङ्गमैत्री, सूचना प्रविधिमैत्री तथा भूकम्प प्रतिरोधीमैत्री विद्यालय भवन, शौचालय निर्माण कार्यलाई निरन्तरता दिइने र राप्ती गाउँपालिका भित्रका गुरुयोजना तयार गर्ने, सबै तह र विषयका शिक्षकहरुको क्षमता विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, प्रविधिमैत्री कक्षाकोठा र शिक्षण सिकाइ सामग्रीको व्यवस्थापन मार्फत शिक्षामा गुणस्तर सुधार गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक विद्यालयमा माध्यमिक तहसम्ममा अध्ययनरत सबै छात्राहरुका लागि महिनावारीको समयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराई छात्राहरुको कक्षा छाड्ने दरलाई घटाउने, कक्षा १ देखि ८ सम्म अध्ययनरत सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा, दलित,अपाङ्गता भएका विद्यार्थी तथा विपन्न वर्गका बालबालिकाहरुलाई छात्रवृत्तीको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
यसै गरी नीति तथा कार्यक्रममा विद्यालयमा भौतिक पूर्वाधार विकासको सन्दर्भमा बालमैत्री, अपाङ्गमैत्री, सूचना प्रविधिमैत्री तथा भूकम्प प्रतिरोधीमैत्री विद्यालय भवन, शौचालय निर्माण कार्यलाई निरन्तरता दिइनेछ, राप्ती गाउँपालिकाभित्रका गुरुयोजना तयार गर्ने, सबै तह र विषयका शिक्षकहरुको क्षमता विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, प्रविधिमैत्री कक्षाकोठा र शिक्षण सिकाइ सामग्रीको व्यवस्थापन मार्फत शिक्षामा गुणस्तर सुधार गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने लगायतका विषय वस्तु शिक्षा क्षेत्रमा अगाडी सारिएको छ ।त्यस्तै आगामी आर्थिक वर्षमा स्वास्थ्य तर्फ कम्तिमा १ वटा स्वास्थ्य संस्थामा विशेषज्ञ स्वास्थ सेवा सहित आकस्मिक स्वास्थ्य सेवा संचालन गर्ने । साथै गर्भावस्थामा कम्तिमा १ पटक घर घरमा गई तालिम प्राप्त नर्सबाट यु.एस.जी मेसिन द्धारा गर्भ जाँच तथा परामर्श सेवा प्रवाह गर्ने, संस्थागत प्रसुतिलाई प्रोत्साहन गर्दै सुन्यहोम डेलिभरी घोषणा गर्दै जाने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थामा प्रसुती भएकालाई उपाध्यक्ष कोशेली कार्यक्रमलाई निरन्तरता दिने ।
साथै चालु आर्थिक वर्षमा कम्तिमा २ वटा वडाहरुलाई शुन्य होम डेलिभरी वडा घोषणा गर्ने लक्ष्य लिएको छ ।त्यस्तै कार्यक्रममा सरुवा रोग नियन्त्रण अन्तर्गत कोभिड १९ रोग, क्षयरोग, कुष्ठरोग, एच.आइ.भि.एड्स, झाडापखाला लगायत सबै खालका सरुवा रोग नियन्त्रण गरी समुदायमा महामारी फैलन नदिन विभिन्न उपायहरु अबलम्बन गर्ने, कम्तिमा १० वटा रोगको पहिचान तथा अनुसन्धान गर्ने र न्यूनिकरणका लागि कार्यविधि बनाउने, गाउँपालिका तथा वडा कार्यालयमा पोषण कक्ष स्थापना गरी संचालन गरिनेछ । साथै शौचालयहरुमा सेनिटरी प्याड राख्ने व्यवस्था गर्ने, स्वास्थ्य सेवाको पहुँच नपुगेका दुर्गम पहाडी क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुंच पुर्या्उन रोमिङ स्वास्थ्य सेवा कार्यक्रम निरन्तरता दिइनेछ तथा स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटेको छ ।स्वास्थ्य शिविर, खोप क्लिनिक, गाउंघर क्लिनिक, परिवार नियोजन र पूर्ण खोप लगायत अन्य स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिई स्वास्थ्य सूचकाङ्क वृद्धि गर्ने नीति अबलम्बन गर्ने, बढ्दो आत्महत्यालाई न्युनिकरण गर्न मनोपरामर्श, जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, सडक दुर्घटना, जटिल प्रसुती लगायत आकस्मिक उपचारका लागि एम्बुलेन्स सेवा प्रभावकारी रुपमा सञ्चालन गर्ने, आयुर्वेद स्वास्थ्य प्रवर्धनमा जोड दिई नागरिक आरोग्य केन्द्रमार्फत प्रदान गरिने सेवालाई विस्तार गर्ने, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरु र आमा समुहका सदस्यहरुको भुमिकालाई अझ प्रभावकारी बनाउन प्रोतसाहन गर्ने निति अबलम्बन गरिने छ साथै क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
यस्तै कार्यक्रममा घरघरमा गई जेष्ठ नागरिकको जाँच तथा उपचार र विद्यालय नर्स कार्यक्रममा समन्वय गर्ने, गाउँपालिकाभित्रको स्वास्थ्य प्रोफाइल निर्माण गर्ने, मानव अंग प्रत्यारोपण गर्ने व्यक्तिहरुका लागि सहजीकरण गर्ने, “मेरो स्वास्थ्य मेरो जिम्मेवारी“ अभियान अन्तरगत रेकि हिलिङ्ग कार्यक्रम सञ्चालन गर्ने नीति अबलम्बन गर्ने योजना अगाडी सारेको छ । अध्यक्ष विष्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि तर्फ चक्लाबन्दी खेतीका लागि आवश्यक निति, नियम, निर्देशिका बनाई भुमि बैँक स्थापना गर्न नीतिगत व्यवस्था गर्ने र भुमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका लागि आगामी आर्थिक वर्षमा जग्गाको निस्सा वा लालपूर्जा वितरण कार्य गर्ने, कृषि क्षेत्रलाई आधुनिकिकरण, व्यवसायिकरण मार्फत रोजगारी र आय वृद्बि गरि राप्ती गाउँपालिकालाई कृषिमा आत्मनिर्भर गराउने नीति अबलम्बन गर्ने, प्राङगारिक खेतीसँगै खेर गईरहेको जग्गाको सदुपयोग गरी कृषि क्षेत्रको विस्तार गर्ने, अर्गानिक खेतीमा जोड दिई विस्तारै विषादी मुक्त क्षेत्र बनाइने, कृषि पेशालाई सम्मानित र आर्कषक बनाउन लक्षित कार्यक्रम संचालन गर्ने, दुर्गम तथा पिछडिएका वस्तीमा नगदे बालीमा प्रोत्साहन गरी आयस्तर बढाई कृषकको जीवनस्तर सुधार गर्ने, गाउँपालिका भित्रको विभिन्न स्थानमा माटो परिक्षण गराई माटो सुधारका लागि ढैँचा खेती तथा कृषि चुन वितरण कार्यक्रम संचालन गर्ने लक्ष्य लिएको छ ।
राप्ती गाउँपालिकाका किसानहरुको सूचिकरण गरि किसान परिचय पत्र प्रदान गर्ने, उत्पादित वस्तु (तरकारी फलफुल) बजारिकरणका लागि संकलन केन्द्र स्थापना गरि ढुवानीको लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, पालिकाभित्र तरकारीको पकेट क्षेत्र रहेका वडामा कुलबुट (चिस्यान केन्द्र )स्थापना गर्ने, भौगोलिक सम्भाब्यताका आधारमा पशुपालन पकेटलाई बिस्तार गर्ने उद्देश्यका साथ यस बर्ष बाख्रापालन पकेट क्षेत्र बिस्तारका लागि यस गाउँपालिकाको पहाडी भेगमा केन्द्रित गरि कार्यक्रम सन्चालन गर्ने र सम्भाब्यतका आधारमा पकेट मार्फत पशुसेवाका कार्यक्रम क्रमस बिस्तार गरिदै लैजाने, स्वस्थकर पशुजन्य उत्पादन उपभोक्ता सम्म पुर्याउनका लागि दुध, मासु अन्डा तथा माछाको सुब्यबस्थित बजार बिकासलाइ क्रमस अगाडि बढाउने निति अनुरुप यस बर्ष मासुबजारको ब्यबस्थापनका कार्यक्रम सन्चालन गर्ने नीति तथा कार्यक्रममा समेटेको छ ।
दुग्ध उत्पादनमा सहयोग पुर्याउन साझेदारीमा मिल्क क्यान तथा बिद्धुतिय च्यापकटर बितरण गर्ने, सहकारी संस्था मार्फत दुध बिक्री गर्ने दुग्ध उत्पादक कृषकहरुलाइ प्रोत्साहन गर्न कार्यबिधि तयार गरि उत्पादनमा आधारीत अनुदानको ब्यबस्था गर्ने, पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमलाई कृषक तथा गाउँपालिकाको साझेदारीमा थप ब्यबस्थित गरि संचालन गर्ने, बाख्रामा नश्लसुधारको लागि साझेदारीमा बोयर जातका बोका बितरण गर्ने, मस्त्यपालन ब्यबसायको क्षेत्र बिस्तार गर्दै लैजाने उद्देश्यका साथ साझेदारीमा नयाँ पोखरी निर्माण तथा बिस्तारगर्दै लैजानका लागि पोखरी निर्माणमा अनुदानको ब्यबस्था गर्ने, मत्स्यपालक कृषकहरुको व्यबसायको प्रबर्धनका लागि उत्पादन सामग्रीमा सहयोग उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटेको छ ।बंगुरपालन पेशालाइ मर्यादित बनाउन ब्यबसायिक फार्म मार्फत बंगुरपालन गर्न प्रेरित गर्ने कार्यक्रम अघि बढाईने, बंगुरपालक कृषकहरुले उत्पादन गरेका उत्पादन स्वस्थ्यकर र गुणस्तरिय बनाउनका लागि बिषेश सहयोग उपलब्ध गराउने लगायतका महत्वपूर्ण बिषयहरू समावेश गरिएको छ । चक्लाबन्दी खेतीका लागि आवश्यक निति, नियम, निर्देशिका बनाई भुमि बैँक स्थापना गर्न नीतिगत व्यवस्था गर्ने र भुमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका लागि आगामी आर्थिक वर्षमा जग्गाको निस्सा वा लालपूर्जा वितरण कार्य गर्ने लगायतका महत्वपूण बिषयहरू समावेश गरिएकाे छ ।
कमेन्ट गर्नुहोस्